विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओलीको प्रतिबद्धता : शिक्षामा बजेट बृद्धि गर्ने विधालय शिक्षा ऐन पारित गर्ने

1.05K
shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शिक्षामा बजेट वृद्धि गरेर विद्यालय शिक्षा विधेयक पारित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नयाँ शैक्षिकसत्रको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दीगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ ।’सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरु भएको प्रधानमन्त्री ओलीले बताए ।

‘अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या करिब २० प्रतिशत रहेको छ । यो हाम्रा निम्ति दुःखको कुरा हो । गरिबीलाई न्यूनीकरण नगरेर हामी हाम्रो राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौं । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले हाम्रा बालबालिकाहरूलाई अब पनि विद्यालयबाहिर राख्न सक्दैनौं । अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको छ ।’

शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवम् स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनवटै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीले बताए

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports