तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संवैधानिक निकायका ५२ जना पदाधिकारी विरूद्धको मुद्धाको संवैधानिक इजलासमा आज सुनुवाइ हुदै

650
shares

काठमाडौं । ५२ संवैधानिक पदाधिकारी विरुद्ध परेका रिट निवेदनमाथि बुधबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा करिव एक दर्जन रिट निवेदनहरुको एकसाथ सुनुवाइ हुनेछ ।यसअघि नै अधिवक्ताहरु ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेलको रिट निवेदनमाथिको बहस सकिएको छ । बाँकी रिट निवेदक र तिनका कानून व्यवसायीले बुधबारदेखि बहस गर्नेछन् ।

३० माघ, २०८१ देखि ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो । तर सर्वोच्च अदालतको संवैधानिक इजलासले नियमित रुपमा नभई केही साताको फरकमा पेशी तोक्ने गरेको छ । माघयता दुई पटक मात्रै मुद्दामा सुनुवाइ भएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालका बेलामा संवैधानिक परिषदबाट ५२ पदाधिकारीहरुको सिफारिस गराएका थिए ।

२०७७ र ७८ सालमा अध्यादेशको भरमा भएको सिफारिसपछि उनीहरु संसदिय सुनुवाइविना नै नियुक्त भएका थिए । त्यतिबेला दर्ता भएको रिट निवेदनमाथि अहिले सुनुवाइ भइरहेको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports