तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतन्त्र हामीले बलिदान संघर्षबाट ल्याएका हौ : प्रधानमन्त्री ओली

546
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्था आफूहरूको सङ्घर्ष र बलिदानको फल भएको बताएका छन् । आइतबार अनेरास्ववियुको महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि आफूहरूले जेल, यातना र कठिन सङ्घर्ष सहेको स्मरण गरे ।

“लोकतन्त्र हामीले ल्याएका हौँ । बलिदान, यातना र जेलनेल भोगेर ल्याएका हौँ । तर, अहिले केही गफाडीहरू हामीलाई लोकतन्त्र सिकाउन उद्यत छन्,” उनले भने । उनले लोकतन्त्र स्थापनाका लागि आफ्नो पार्टीको योगदानलाई कसैले भुल्न नहुनेमा जोड दिए ।नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अनेरास्ववियुका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न र गुटबन्दीबाट टाढा रहन निर्देशन दिए । “सकेसम्म मिलेर काम गर्नुस्, नसके मित्रवत् प्रतिस्पर्धा गर्नुस्। जिते पनि, नजिते पनि आफ्नो काममा इमानदार रहनुस्,” उनले सुझाए ।

गुटबन्दीले पार्टी र देशप्रतिको मायालाई कमजोर बनाउने भन्दै उनले कार्यकर्तालाई व्यक्तिगत रूपमा उत्कृष्ट काम गर्न प्रेरित गरे । “गुट बनाएर हिँड्दा पार्टी र देशप्रति भन्दा गुटप्रति माया बढ्छ, जुन गलत हो,” उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports