सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्च अदालत पाटनमा विद्युत् काट्नुअघि पूर्व सूचना दिन मागसहित रिट

1.18K
shares

काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यमबाट पूर्व सूचना दिन अनिवार्य बनाउन माग गर्दै उच्च अदालत पाटनमा रिट परेको छ ।

कानुनका विद्यार्थी विवेक चौधरीले आइतबार दायर गरेको रिट निवेदनमा विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई पूर्व सूचना दिन अनिवार्य बनाउन माग गरिएको छ । निवेदनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

संविधानको धारा २७ ले नागरिकलाई सूचनाको हक सुनिश्चित गरेकाले सेवा प्रवाहको पारदर्शिता, उपभोक्ताको विश्वास र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि विद्युत् सेवा अवरुद्ध हुनु पूर्व वा लगत्तै उपभोक्तालाई स्पष्ट जानकारी दिन परमादेश आदेशको माग गरिएको छ । रिट निवेदनमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports