kumari
stcnepal

उच्च अदालत पाटनमा विद्युत् काट्नुअघि पूर्व सूचना दिन मागसहित रिट

काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यमबाट पूर्व सूचना दिन अनिवार्य बनाउन माग गर्दै उच्च अदालत पाटनमा रिट परेको छ ।

कानुनका विद्यार्थी विवेक चौधरीले आइतबार दायर गरेको रिट निवेदनमा विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई पूर्व सूचना दिन अनिवार्य बनाउन माग गरिएको छ । निवेदनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

संविधानको धारा २७ ले नागरिकलाई सूचनाको हक सुनिश्चित गरेकाले सेवा प्रवाहको पारदर्शिता, उपभोक्ताको विश्वास र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि विद्युत् सेवा अवरुद्ध हुनु पूर्व वा लगत्तै उपभोक्तालाई स्पष्ट जानकारी दिन परमादेश आदेशको माग गरिएको छ । रिट निवेदनमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ ।

footer