प्रधान सेनापति अशोक राज सिग्देल चीन भ्रमणमा जाने
वि.सं.२०८२ भदौ १६ सोमवार १६:५९
shares

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देल चीन भ्रमणमा जाने भएका छन् ।
गोन्जाउ र सांघाइमा भदौ २७ देखि असोज ४ गतेसम्म सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले उनको भ्रमण स्वीकृति गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार जानकारी दिए ।



































