सामाजिक सञ्जाल प्रतिबन्ध विरूद्ध पत्रकारहरू सडकमा ओर्लिए
वि.सं.२०८२ भदौ २२ आइतवार १६:३२
shares

काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् ।उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।






































