linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको कार्यालयबाट नेपालको चुच्चे नक्सा सहितको निसान छाप हटाइयो

1.4K
shares

काठमाडौं । नेपालको प्रधानमन्त्री कार्यकक्षबाट चुच्चे नक्सा अङ्कित निशान छाप गायब भएको छ ।

भारतको योजना अनुसार अन्तरिम सरकारको नेतृत्व लिनुभएको आरोप खेपिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दा उहाँको पछाडिको भित्तामा टाँसिने राष्ट्रको निशान छाप देखिएन । सामान्यतया प्रधानमन्त्रीको कार्यकक्षमा कुर्सीको पछाडि निशान छाप राख्ने प्रचलन रहँदै आएको भए पनि यस पटक भने कार्यकक्षको भित्तामा केही देखिएन ।

राष्ट्रको गौरवको प्रतीक मानिने निशान छाप प्रधानमन्त्रीको सम्बोधनमा हटाइनु गम्भीर प्रश्नको रूपमा उठाइएको छ । स्रोतहरूका अनुसार, चुच्चे नक्सा रहेको निशान छाप देखिँदा भारत असन्तुष्ट हुने भएकाले प्रधानमन्त्रीको कार्यकक्षबाट उक्त छाप हटाइएको आशङ्का गरिएको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेटिएको चुच्चे नक्सा संसद्मार्फत सर्वसम्मतिले पारित भएको थियो । त्यस पछि नेपालकाे निशान छापमा साेही चुच्चे नक्सा राखिएकाे थियाे । प्रधानमन्त्रीकाे कार्यकक्षमा साे निशानछाप देखिने गरी राखिन्थ्याे । यस अघिका प्रधानमन्त्रीहरुकाे कार्यकक्षमा साे निशान छाप प्रष्ट देखिन्थ्याे ।

नेपालले चुच्चे नक्सा सार्वजनिक गरेपछि भारतले असन्तोष प्रकट गरेको थियो । ओलीले चीन भ्रमणका क्रममा लिपुलेकमार्फत भारत–चीन व्यापार सम्झौताप्रति आपत्ति जनाउनु भएकाे थिए । चीन भ्रमणबाट फर्किए लगत्तै जेनजी आन्दोलन सुरु भई हिंसात्मक रूप लिएपछि उहाँले राजीनामा दिनुपरेको थियो ।

जेनजी आन्दोलनका क्रममा संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायतका महत्त्वपूर्ण संरचना जलाइएको घटनालाई विदेशी शक्तिको योजनाअन्तर्गत भएको दाबी गरिँदै आएकाे छ । आन्दोलनमा सहभागी कार्यकर्ताहरूले समेत सो आन्दोलन ‘हाइज्याक’ भएको र हिंसात्मक मोडमा गएको बताएका थिए ।

त्यसैबिच, सोही आन्दोलनको जगमा प्रधानमन्त्री बन्नु भएकी कार्कीको कार्यकक्षबाट निशान छाप हटिनुलाई रहस्यमय मानिएको छ । विश्लेषकहरूका अनुसार, राष्ट्रको गौरवका रूपमा रहेको छाप हराउनु नेपाल–भारत सम्बन्ध र राष्ट्रिय स्वाधीनताको सवालमा गम्भीर सङ्केत हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports