सुनको मूल्य सामान्य बढ्यो
वि.सं.२०८२ असोज १० शुक्रवार ११:४३
shares

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रवार १ हजार २०० रुपैयाँ बढेर २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो ।
यसैगरी चाँदी शुक्रवार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी तोलामा २ हजार ६८५ रुपैयाँ थियो । आज कायम भएको चाँदीको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।




































