सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘टोपी लगाउने र धोती लगाउनेलाई एकताको सुत्रमा गाँस्ने सनातन धर्म र संस्कृति नै हो’: कमल थापा

442
shares

राप्रपाका निवर्तमान अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले सनातन धर्म, संस्कृित र परम्परा नेपाली राष्ट्रिय एकता र राष्ट्रियताको आधारस्तम्भ भएको बताएका छन् ।

नेता थापाले सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । नेपालमा १०० भन्दा बढी जातजातीका छौं, धेरै ठूलो संख्यामा विभिन्न भाषा भाषीहरु छन् भएको बताउँदै उनले भनेका छन्, ‘हामी कोही हिमालमा बस्छौं, कोही पहाड, कोही तराई मधेशमा बस्छौं । जुनसुकै जातीको भए पनि, जुनसुकै भाषा बोल्ने भए पनि जुनसुकै ठाउँमा बसोबास गर्ने भएपनि हामी सबै नेपालीहरुको साझा भगवान छन् । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा अंकमाल गरेर भगवान पशुपतीनाथको दर्शन गर्दछौ, हलेशी महादेवको मन्दिरमा जान्छौं । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा हातेमालो गरेर भगवान बुद्धको पुजा आराधान गर्दछौं ।’

‘चाहे टोपी लगाउने होस्, चाहे धोती लगाउने होस हामी सबैलाई एकताको सुत्रमा गाँस्ने कार्य यही सनातन धर्म र संस्कृतिले गरेको छ । चाहे मैथीली भाषा बोल्ने होस्, चाहे नेवार भाषा बोल्ने होस्, चाहे तामाङ भाषा बोल्ने होस्, चाहे खस भाषा बोल्ने होस् हामी सबैलाई एकताको सुत्रमा आवद्ध गर्ने काम यही सनातन धर्म र संस्कृतिले गरेको छ ।’

kumari

नेता थापाले भनेका छन्, ‘हाम्रो राष्ट्रिय गानको पहिलो पंक्तिमा ‘सयौँ थुंगा फुलका हामी एउटै माला नेपाली’ उल्लेख छ । सयौँ थुंगा फुललाई मालामा गाँस्न धागो चाहिन्छ । हाम्रो धार्मिक, साँस्कृतिक र सामाजिक परिवेशमा त्यो धागो सनातन धर्म हो । यो एकताको आधारलाई बलियो बनाउनको निमित्त हामीले सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ भनेका हौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports