मेरो हत्याको प्रयास भएमा अहिले सम्मकै ठुलो आक्रमण गर्न आदेश दिईसकेको छु: अमेरिकी राष्ट्रपति ट्रम्प
वि.सं.२०८३ असार २७ शनिवार १४:२९
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या प्रयास गरेमा अमेरिकाले त्यसको कडा जवाफी कारबाही गर्ने बताएका छन् ।
न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले आफू लामो समयदेखि इरानको निसानामा रहेको बताएका हुन् ।ट्रम्पले भने, ‘म लामो समयदेखि उनीहरूको निसानामा छु । यदि मलाई केही भयो भने, मैले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आक्रमण सुरु गर्न आदेश दिइसकेको छु ।’
हालै इजरायलले अमेरिकी राष्ट्रपति ट्रम्पका सम्बन्धमा गुप्तचरसम्बन्धी एक गम्भीर चेतावनी जारी गरेको छ । इजरायली गुप्तचर निकायहरूले अमेरिकालाई जानकारी गराएअनुसार, इरानले ट्रम्पको हत्या गर्ने नयाँ योजना बनाइरहेको आरोप छ ।द वाल स्ट्रिट जर्नल र सीएनएनको रिपोर्टका अनुसार गुप्तचर जानकारीपछि ट्रम्पले आफू इरानको निसानामा रहेको सार्वजनिक रूपमा बताएका हुन् ।
रिपोर्टका अनुसार इजरायलले हालै अमेरिकासँग महत्त्वपूर्ण गुप्तचर जानकारी साझा गरेको छ । यद्यपि, अमेरिकी प्रशासनले उक्त दाबीको पुष्टि भने गरेको छैन ।



































