गणेश नेपालीको निधन प्रकरण : प्रधानमन्त्री वालेन र गृहमन्त्री सुधनको राजिनामा माग
वि.सं.२०८३ असार २६ शुक्रवार १६:२२
shares

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरिएको छ । शुक्रबार वीर अस्पताल परिसरमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको हो ।
आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन्। बिहीबार महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। त्यसपछि वीर अस्पताल लगिएको उनको आज उपचारकै क्रममा मृत्यु भएको हो।




































