विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इरानले पुन: वार्ताका लागि अनुरोध गर्यो, हामीले स्वीकार गर्यौ : अमेरिकी राष्ट्रपति ट्रम्प

338
shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता जारी राख्न अनुरोध गरेको दाबी गरेका छन्। साथै यस आग्रहलाई अमेरिकाले स्वीकार गरेको पनि उनले बताएका छन्।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानले हामीलाई वार्ता जारी राख्न अनुरोध गरेको छ। हामीले यो अनुरोध स्वीकार गरेका छौँ, तर अमेरिकाले युद्धविराम भने अब समाप्त भएको बताएको छ।’इरान भएर जाने जहाजहरूमा आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले दक्षिणी इरानका पाँच प्रान्तमा दर्जनौँ स्थानमा आक्रमण गरेको छ।इरानका अधिकारीहरूले पूर्वाधारमा आक्रमणको जवाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको बताएका छन्।

यसैबिच समाचार एजेन्सी रोयटर्सले आफ्नो स्रोतलाई उद्धृत गर्दै कतारका वार्ताकारहरू इरानमा उपस्थित रहेको र इरानका अधिकारीहरूसँग भेट गरिरहेको उल्लेख गरेको छ।इरान र अमेरिकाबिच शान्ति सम्झौताका लागि पाकिस्तान मुख्य मध्यस्थकर्ता भए पनि कतार पनि यस विषयमा सक्रिय रूपमा संलग्न छ।यस हप्ताको सुरुमा इरान र अमेरिकाबिच हानाहान भएका बेला इरानमा कतारका वार्ताकार पुगेका हुन्।इरानले स्ट्रेट अफ होर्मुजमा जहाजहरूमा आक्रमण गरेपछि अमेरिकाले लगातार दुई रात इरानी भूमिमा सैन्य आक्रमण गरेको थियो।

रोयटर्सका अनुसार यो प्रयास तनाव कम गर्ने र अमेरिकासँगको समन्वयमा व्यापक वार्ताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले गरिएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports