सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजै फेरि गठबन्धनले निर्वाचन केन्द्रित बैठक बसेर टुंगो लगाउने

481
shares

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । अपरान्ह ४ बजे फेरि बस्ने गरी गठबन्धनको बैठक स्थगित भएको हो । नेताहरूको व्यस्तताको कारण बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनको बारेमा विस्तृतमा छलफलको बताइएको छ । ‘बैठकमा निर्वाचनकै विषयमा केन्द्रित रहेर छलफल भयो । तर, छलफल अन्तिम निष्कर्षमा पुगिसकेको छैन । ४ बजे फेरि बसेर टुंगो लगाउँछौं,’ भुसालले भने ।

स्थानीय तहको निर्वाचन सार्ने पक्षका रहेको गठबन्धनका नेताहरू पुनः वैशाखमै निर्वाचन गर्ने पक्षमा फर्किएका छन् । विशेषगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कारण निर्वाचन सार्न लागिएको भनेर सबैतिर आलोचना भएपछि नेताहरू वैशाखमै निर्वाचन गर्ने पक्ष देखिएका छन् ।गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि जुनसुकै अवस्थामा वैशाखमै निर्वाचन गर्नुपर्ने मत बलियो छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले त्यसलाई नकार्न सक्ने अवस्थामा छैनन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि वैशाखमै चुनाव गराउनुपर्ने माग गरिरहेको छ ।संसदका दुई ठूला दलहरू वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा भएपछि गठबन्धनलाई पनि दबाब परेको छ ।

निर्वाचन आयोगले पनि वैशाखमै चुनाव गनुपर्ने भनेर दबाब दिइरहेको छ । आयोगले एकै तहमा निर्वाचन गर्दा वैशाख १४ र दुई चरणमा निर्वाचन गर्दा वैशाख १४ र २२ को मिति प्रस्ताव गरेको छ । निर्वाचन सम्पन्न गराउन १२० दिनको समय चाहिने भएकाले चाँडो मिति घोषणा गर्न आयोगले सरकारलाई दबाब दिइरहेको छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार आगामी जेठ ५ गते अगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports