विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेनको राजिनामा मागियो

377
shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद समेत रहेका उनले सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘जलिरहेको मान्छेलाई घिसारेर, अपराधी झैं घिसारेर हस्पिटल पुर्‍याइन्छ । त्यहाँ भएका पुलिसहरू गणेश नेपाली आगोमा जलिरहँदा भाग्छन्,’ सांसद विश्वकर्माले भने, ‘र, उसलाई अपराधी झैं घिसारेर लग्छन् । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा दे ।’उनले बालेन सरकारको क्रुरताका कारण मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको पनि जिकिर गरे ।

‘आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्‍याइन्छ । यो क्रुर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो । गणेश नेपालीको मृत्यु भइसकेको छ,’ उनले भने, ‘यो क्रुर सरकारले कुर्सीमा टाँसी रहनु उचित हो कि होइन ? यदि, नैतिकता छ भने बालेन सरकारले तुरून्त राजीनामा गरेर सडकमा आओस् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports