सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको जनसंगठन संयन्त्रको बैठक आज बस्दै

455
shares

स्थानीय चुनाव समयमै गर्न आलटाल गरेको भन्दै नेकपा एमालेले सरकारलाई समयमा चुनाव गर्न दबाव दिने भएको छ । ​सत्ता गठबन्धनमा निर्वाचन ऐन संशोधन गरेर आगामी कार्तिकमा पुर्याउने तयारी भइरहेका बेला वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको एमालेले पार्टीका विभिन्न जनसंठन मार्फत दबावका कार्यक्रम अघि बढाउने भएको हो ।

त्यसका लागि सो पार्टीले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । रिजालले दुई वटा एजेण्डामा छलफल गर्न बैठक बोलाएको बताए । ‘स्थानीय निर्वाचन समयमै नगराउने आलटाल भइरहेको छ । यसकोे विरुद्धमा एमाले छ । यस कुरालाई जनसंगठनहरुले आआफ्नो ठाउबाट दबाव दिन पार्टी परिचालन गर्नेगरी निर्णय गर्नेछ, अर्को जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने कार्यक्रम छ’, रिजालको भनाइ छ ।

उनका अनुसार संयन्त्रमा विद्यार्थी, युवा, महिला लगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहेका छन् ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् । सवै जनसंगठनमा सहइन्चार्ज नभएपनि इन्चार्ज र अध्यक्ष छन् । यो हिसावले पनि ५० जना भन्दा बढिको उपस्थितिमा संयन्त्रको बैठक बस्न लागेको हो । सरकारले कोरोना संक्रमण बढेकाले २५ जना भन्दा बढीको संख्यामा भेला नगर्न निर्देशन जारी गरेको छ । तर उपप्रमुख रिजालले बैठकमा स्वास्थ्य मापदण्ड पालना गरेर बैठक बस्ने दाबी गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports