सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा सोमबार साँझसम्म दुई हजार चार सय ३९ जनाले हस्ताक्षर गरे

598
shares

काठमाडौं। नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा सोमबार साँझसम्म दुई हजार चार सय ३९ जनाले हस्ताक्षर गरेका छन्।

१४ औं महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यले ५१ प्रतिशत बढीले हस्ताक्षर गरिसकेको दाबी गरे।

‘हिजो साँझ ७ बजेसम्म २४ सय ३९ जनाले हस्ताक्षर गरिसक्नु भएको छ,’ आचार्यले  भने, ‘विदेशस्थित जनसम्पर्क समिति र जिल्लाहरूबाट हस्ताक्षर थपिएको छ। सूचीकृत गरिहेका छौं। ५५ प्रतिशत बढीले हस्ताक्षर गर्ने देखिन्छ।’महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता हस्ताक्षर संकलन भएको हो। संकलित हस्ताक्षर मंगलबार पार्टीलाई पेश गर्ने तयारी गरिएको छ।

मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ। केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने नेता आचार्यले जानकारी गराए।कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ।

मंसिरभित्र नियमित महाधिवेशनका लागि संस्थापन तयार नभए विशेष महाधिवेशन गर्ने गरी महामन्त्री थापा र शर्माले हस्ताक्षर संकलनलाई अभियान बनाएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports