एमालेको महाधिवेशन भाँड्ने प्रयास हुँदैछ तर सफल हुँदैन : अध्यक्ष ओली
वि.सं.२०८२ मंसिर ५ शुक्रवार १६:५५
shares

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहे पनि त्यसलाई सफल हुन नदिने चेतावनी समेत दिए। एमालेको महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदै छ।उनले महाधिवेशन भव्यताका साथ सम्पन्न हुने दाबीसमेत गरे। महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।
उनले भने, ‘एमालेको महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ। र, म देख्दै छु, सुन्दै छु, त्यसलाई भाँड्नका लागि विभिन्न प्रयासहरु भइरहेका छन्। म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु– त्यस प्रकारको सोच नै नबनाउनुस्।’






































