नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण

1.2K
shares

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको मूल्य बढेर आलसम्मकै सबैभन्दा महँगो बनेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्रा आज महँगिएका राष्ट्र बैंकले जनाएको छ।आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा थियो।गएको कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। त्यसयता घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको हो।त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा थियो।आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा थियो।त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७८ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७७ रुपैयाँ २९ पैसा थियो।यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports