तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेपरलेस डिजिटल प्रणालीमा भरतपुर नेत्र अस्पताललाई पाकिस्तानी सहयोग

1.65K
shares

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हाश्मीले भरतपुर नेत्र अस्पताललाई पेपरलेस डिजिटल प्रणालीमा रूपान्तरण गर्न पाकिस्तानी जनताको तर्फबाट सहयोग उपलब्ध गराउनुभएको छ । उक्त आर्थिक सहयोगले अस्पतालमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली लागू गर्न, तथा प्रशासनिक र क्लिनिकल प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउन मद्दत पुर्याउने उद्देश्य राखिएको छ ।

राजदूत हाश्मीले सन् १९८७ मा पाकिस्तानको बीसीसीआई फाउन्डेशनको सहयोगमा स्थापना भएको भरतपुर नेत्र अस्पतालसँग पाकिस्तानको लामो सहकार्य इतिहास रहेको उल्लेख गर्नुभयो । पछिल्ला वर्षहरूमा पाकिस्तानी दूतावासले फार्मेसी, अपरेससन थियटर, आउटरिच एम्बुलेन्स तथा आँखा उपचार र स्वास्थ्य सहकार्यका क्षेत्रमा सहयोग आदानप्रदान गर्दै आएको छ ।

स्वास्थ्य क्षेत्रको सहकार्य पाकिस्तान–नेपाल सम्बन्धको महत्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै उहाँले दुवै देशले जनता केन्द्रित विकास तथा क्षेत्रीय समृद्धितर्फ साझा प्रतिबद्धता जनाएकोमा खुशी व्यक्त गर्नुभयो । आँखा अस्पताल व्यवस्थापन बोर्डका अध्यक्ष जयराम श्रेष्ठ र प्रमुख मेडिकल अधिकृत डा. पुष्पा गिरीले नेपालका स्वास्थ्य सेवाको आधुनिकिकरणमा निरन्तर सहयोग गरेकोमा पाकिस्तान सरकार र जनताप्रति आभार व्यक्त गरेको पाकिस्तानी दूतावासले जनाएको ।

भरतपुर गार्डेन होटलमा आयोजना अयाोजित समारोहमा अस्पतालका प्रध्यापक तथा व्यवस्थापक, जिल्ला प्रशासन, स्थानीय व्यवसायी तथा पाकिस्तानी शिक्षण संस्थाका नेपाल भ्रमण गरेका पूर्व–विद्यार्थीहरूको उपस्थिति थियो । राजदूत चितवनस्थित मेडिकल साइन्सेज कलेज पुगेर त्यहाँका प्राध्यापक तथा विद्यार्थीहरूसँगको अन्तक्र्रियामा सहभागी हुनुभयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports