विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भाद्रको घटना राज्यमाथिको आक्रमण हो : पूर्ण बहादुर खड्का

2.05K
shares

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ गतेका घटनालाई राज्यमाथिको आक्रमणको रूपमा चित्रण गरेका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै खड्काले ती घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।

खड्काले जेन जीका नाममा मुलुकका राष्ट्रिय धरोहरहरू ध्वस्त बनाइएकोमा रोष प्रकट गरेका छन् । ऐतिहासिक संरचना, राज्यक विभिन्न अंग, सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम खरानी बनाइएको घटनाप्रति सबै गम्भीर हुुनुुपर्ने खड्काको भनाइ छ । उनले भने, ‘यस्ता कार्य किन र कसरी भए भन्ने विषयमा सबै राजनीतिक दलले जिम्मेवारीबोध गर्नुपर्छ । राज्य प्रणालीमाथि भएको आक्रमणविरुद्ध सबै एक ठाउँमा उभिनुपर्छ ।’

जनताको अधिकार र लोकतान्त्रिक व्यवस्था रक्षाका लागि दलहरूबीच सहकार्य अपरिहार्य रहेको काँग्रेसको धारणा छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports