नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
वि.सं.२०८२ पुस २२ मंगलवार ०९:०१
shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज मङ्गलबार केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।
एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।
उनका अनुसार बैठक बिहान ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ गते काठमाडौँमा बस्ने भएको छ ।






































