तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा चिसो बढ्दो, आज मङ्गलबार बिहानको तापक्रम ३.४ डिग्री सेलसियस : आज यि प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना तराईमा हुस्सु

1.46K
shares

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज (मंगलबार) यो वर्षको हालसम्मकै कम मापन गरिएको हो । काठमाडौंमा आज बिहान साढे ५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।यसैबीच, आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको हो । विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

राति तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने विभागले बताएको छ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports