तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो

1.27K
shares

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यसयता घट्न थालेको सुन अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणपछि फेरि बढेको हो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ । अघिल्लो दिन नेपाली बजारमा सुन तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको थियो ।

चाँदीको भाउ पनि बढेको छ । प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports