तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकल उम्मेदवार सिफारिस हुनेमा एमालेकी एक मात्र महिला मञ्जुर शर्मा

1.13K
shares

काठमाडौँ । देशभर नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भइरहँदा एकल नाम सिफारिसमा पर्नेमा मन्जु शर्मा चालिसे एकमात्र महिला बनेकी छन् । अध्यक्ष केपी शर्मा ओलीसहित कम्तिमा ३५ निर्वाचन क्षेत्रमा एकमात्र उम्मेदवार सिफारिसमा पर्दा मञ्जुबाहेक अरु सबै पुरुष नेता छन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेकी मञ्जु शर्मा बागलुङ क्षेत्र नम्बर २ बाट एकल सिफारिसमा परेकी हुन् । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी २ को सम्पन्न बैठकले चालिसेको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला उपाध्यक्ष विष्णु भुषालले जानकारी दिए । क्षेत्रीय समन्वय कमिटिका संयोजक तथा जिल्ला उपसचिव करमती पुनको अध्यक्षतामा बसेको बैठकले उमेदवारका लागि दाबी गरेकाहरुसँगको परामर्शपछि चालिसेको नाम एकल रुपमा सिफारिस गरेको हो ।

चालिसे २०७९ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट एमालेको उमेदवार बनेर तत्कालीन गठबन्धनका कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलसँग थोरै मतले पराजित भएकी थिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports