कोशी प्रदेशमा मन्त्रीहरूको हेरफेर हुदैँ, यसरी हुदैँछ भागबण्ड
वि.सं.२०८२ पुस २२ मंगलवार १४:१७
shares

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ । मन्त्रालय बाँडफाँटसमेत टुंगिसकेको छ ।
आज बेलुकासम्ममा मन्त्रिमण्डल पुनर्गठन हुनेछ । मुख्यमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भएको स्रोतले बतायो ।एमालेबाट सरकारमा जाने नयाँ अनुहारमा विदुर लिङथेप, आर्थिक मामिला तथा योजना, चिन्तन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा र इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने छन । यस्तै उमाकान्त गौतम राज्य मन्त्री हुँदै छन् ।
यस्तै कांग्रेसबााट प्रदीप सुनुवार, भौतिक पुर्वाधार , भीम पराजुली पर्यटन वन तथा वातावरण र मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री बन्दै छन् शोभा चेम्जोङ राज्यमन्त्री र इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी बन्ने भएका छन् ।एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई छन् ।
त्यस्तै कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम छन् ।बहालवाला मन्त्री सबै फिर्ता बोलाएर नयाँ नियुक्ति गर्न कांग्रेस संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्री कार्कीबीच सहमति भइसकेको छ ।





































