कार्की सरकार र विदेशी विदेशी शत्ति निर्वाचन सार्ने षडयन्त्रमा लागेका छन : एमाले अध्यक्ष ओली
वि.सं.२०८२ पुस २२ मंगलवार १४:१९
shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन्।
मंगलबार एमालेको सचिवालय बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै अध्यक्ष ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार, सरकार र विदेशी शक्ति लागेको उल्लेख गरेका छन्।
‘तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,’ अध्यक्ष ओलीले सचिवालय बैठकमा भने, ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेका छन्।’
उनले वैदेशिक हस्तक्षेप नांगो रुपमा देखिन थालेको औंल्याएका छन्। ओलीले सचिवालय बैठकमा भनेका छन्, ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतिपूर्ण बन्दै गएको छ र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको छ।’एमालेको सचिवालय बैठक च्यासलस्थित कार्यालयमा जारी रहेको छ। बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे पनि छलफल भइरहेको छ।





































