बागमतीका रास्वपाका उपसभापति हुमगाँईले पनि छोडे, पार्टी पैसा लिएर उम्मेदवार बनाएको लगाए आरोप
वि.सं.२०८२ फागुन ७ बिहीवार १३:०८
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापतिले पनि पार्टी परित्याग गरेका छन् ।
उम्मेदवार छनोटमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै दिनेश हुमागाईँले पार्टी पारित्याग गरेका हुन् ।उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ ।
उनले भनेका छन्, ‘पार्टीले सुरुमा उनानसीको निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो । तर व्यवहारमा तिनै जान्ने, सिमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने (नेपालीमा ‘गणेश प्रवृत्ति’) पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ प्राथमिकता दिइएको छ। पार्टीले चयन गरेको चरम चलखेलले भोलिको नेपालको संसद चटकदारहरूको थलो, विकृत र अवसरवादी संरचनामा परिणत हुने स्पष्ट संकेत देखाएको छ,’ ।





































