लुसीफरहरुलाई पराजित गरौँ, आफ्नै गाउँ ठाउँको व्यक्तिलाई जिताऔं
वि.सं.२०८२ फागुन ७ बिहीवार ११:४९
shares

काठमाडौ । निर्वाचन आउन अब १३ दिनमात्र बाँकी रहेको अवस्थामा अहिले झापा निर्वाचन क्षेत्र ५ विशेष चर्चाको रुपमा रहेको छ । त्यसको एउटै कारण हो सो क्षेत्रमा नेकपा एामलेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली लामो समयदेखि त्यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।
गत भाद्र २३ गते जेनजीहरुलाई अघि सारेर विद्यार्थी भाई बहिनीहरुलाई देखाएर वितण्डा मच्चाउने कार्यमा स्टाटस मार्फत आदेश दिने काठमाडौ महानगरका मेयर बालेन साह अध्यक्ष ओलीसँग भिड्न झापा ५ मा पुगेका छन् । त्यही कारणले गर्दा झापा ५ विशेष चर्चामा रहेको छ ।
झापा ५ मा नै बालेनलाई किन अघि सारियो भन्ने प्रश्नको उत्तर कसैले आजसम्म दिएका छ्रैनन् भने साह रास्वपामा प्रवेश गरेर रास्वपाको वरिष्ठ नेता र भावि प्रधानमन्त्रीका रुपमा रास्वपाले अघि सारेको छ । रास्वपाका सभापति रवि लामिछाने र अध्यक्ष ओलीबीचमा राम्रो सम्बन्ध नभएको र रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलिरहेका व्यक्ति भएकाले नै रविकै सल्लाहमा बालेनलाई भावि प्रधानमन्त्रीको उम्मेदवार बनाएको र झापा ५ मा निर्वाचन लड्न भाद्र २३ गते र २४ गतेका विध्वसात्मक कार्य गर्नेहरुले नै बालेन साहलाई झापा ५ मा पठाइएको हो ।
झापालीहरुका लागि फागुन २१ गतेको निर्वाचनको मतपत्र केबल कागजको टुक्रामात्र होइन अहिलेको संकटको बेला मित्रको साथ छाड्नु हुन्न भन्ने एक अद्वितीय नेपाली मूल्यको साक्षीको बेला समेत हो । ओली आफ्नो ५० वर्षे राजनीतिक यात्राको अन्तिम निर्वाचन लड्दैछन् उनी आफ्ना जनताको साथ खोजन आफ्नै भूमिमा फर्किएका छन् । टाढाको नचिनेको प्रधानमन्त्री होइन आफ्ना परम्परागत साथीहरुमाथि पवित्र विश्वास लिएर ओली भूमिपुत्रको रुपमा आफ्नै झापालीको रुपमा पुगेका छन् ।
भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले भाद्र २४ गते विध्वसात्मक कार्य गरे । ओलीले प्रधानमन्त्रीबाट भाद्र २४ गते नै राजिनामा दिएर मुलुकलाई आफूँ ठुलो षड्यन्त्र हुनबाट बचाएका थिए । सम्वैधानिक तवरबाट ओली नेतृत्वको सरकारलाई हटाउन नसकिने अवस्था देखेर नै स्कुले भाईबहिनीहरुलाई उचालेर उनीहरुलाई मृत्युवरण सम्म गर्न बाध्य पार्नेहरुलाई अब झापाली जनताले बदला लिएर ओलीलाई अत्याधिक बहुमतले निर्वाचित गराएर संसदमा पठाउनुपर्दछ । षड्यन्त्रकारी र विध्वसात्मक कार्य गर्नेहरुलाई झापाली जनताले राम्रो पाठ सिकाउने बेला आएकाले टुरिष्ट उम्मेदवारहरुलाई होइन आफ्नै गाउँ ठाउँको चिनेको व्यक्तिलाई निर्वाचित गराएर लुसीफरलाई राम्रो सन्देश झापाली जनताले दिनुपर्दछ ।





































