सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तपाई राष्ट्र जोगिनु पर्छ भन्ने पक्षमा कि राष्ट्र जे सुकै होस भन्ने पक्षमा, अब स्पष्ट हुनु पर्ने बेला आयो : एमाले अध्यक्ष ओली

1.85K
shares

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले आफूले देशको स्वाभिमान र राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता नगरेको बताएका छन् ।

आइतबार भिडिओ सन्देशमार्फत ओलीले आफूले देशको अखण्डता, स्वाभिमानको र राष्ट्रियतामा कसैसँग कहिल्यै सम्झौता नगरेको बताएका हुन् ।अब स्पष्ट कित्ताकाट गर्नेबेला आएको उनले बताए । उनले राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? भन्दै प्रश्न रहेको हो भन्दै प्रशन समेत गरेका छन् ।

भिडिओ सन्देशमार्फत उनले भनेका छन्, ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’

उनले जनताले पनि देश पहिले भन्ने दिन आएको उल्लेख गरे । देश पहिले भनेको संविधान र नियम, भूमि र जनता पहिले र संविधान र नियम पहिले रहेको भिडिओ सन्देशमार्फत बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports