linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष ओलीको जित राष्ट्रको स्वाभिमान माथि उठाउने बिषय हो त्यसैले ओलीको जित अनिवार्य छ : भट्टराई

1.22K
shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको हारजित देशको हारजितसँग जोडिएको बताएका छन् ।

झापा-५ मा ओलीलाई भोट माग्न पुगेका भट्टराईले भने, ‘केपी ओलीको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिएको छ । नेपालीत्वसँग जोडिन्छ । नेपाली राष्ट्रियता र स्वाभिमानसँग जोडिन्छ । केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो । राष्ट्रियतालाई माथि उठाउने कुरा हो । हामी नेपाली हुँ भन्ने पहिचानलाई अझ माथि उठाउने विषय हो ।’

पार्टीका आन्तरिक विषयलाई चर्चा परिचर्चा नगरी निर्वाचनमा लाग्न भट्टराईले आग्रह गरे । स्थानीय तहदेखि सङ्घसम्म कोही संसद्, कोही पार्टीमा बसेर साथै केहीले जनसङ्गठनमा रहेर आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने भट्टराईको भनाइ थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports