निर्वाचनका दिन चल्ने यी सवारी साधनलाई पास चाहिँदैन
वि.सं.२०८२ फागुन १७ आइतवार १६:१३
shares

प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएको प्रयोजनका लागि सञ्चालन हुने सवारीसाधनलाई पास नचाहिने भएको छ ।
मतदानको दिन सवारी आवागमनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने आयोगको सूचनामा उल्लेख छ ।
जसअनुसार दमकल, एम्बुलेन्स, शववाहन, ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, दूरसञ्चार, खानेपानी, विद्युत, ढल मर्मतमा प्रयोग हुने तथा अस्पताल सेवाका सवारीसाधन पासबिनै चल्न पाउनेछन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोक्ने, गर्भवती, सुत्केरी, किरियापुत्री, शारीरिक रुपले अशक्त, ज्येष्ठ नागरिक मतदाता र निजका एक सहयोगी बोकेका सवारीसाधन, कुटनीतिक नियोग, आयोगका पर्यवेक्षणकर्ता, राष्ट्रिय मानव अधिकार आयोगका अनुगमनकर्ता र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पनि पास आवश्यक पर्ने छैन ।





































