तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाले भन्यो : निर्वाचन सुरक्षामा प्रतिबद्ध छौ , मतपेटिका ढुवानी सम्म सुरक्षा दिन्छौ

2.21K
shares

काठमाडौं। नेपाली सेनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाली सेनाले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाइरहेको जनाएको छ।

विगतका निर्वाचनहरूझैँ यसपटक पनि मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि तथा नेपाली सेनासहितको संयुक्त टोलीले मतपेटिका ढुवानी गर्ने कार्य हुने जनाइएको छ।

सेनाले २०४८ सालदेखि सम्पन्न भएका सबै निर्वाचनहरूमा सुरक्षा प्रदान गर्दै आएको स्मरण गराउँदै यसपटक पनि मतदानस्थलको सुरक्षा, काठमाडौंस्थित केन्द्रदेखि देशभरका जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, मतदान अवधिभर बाहिरी घेरामा सुरक्षा प्रदान गर्ने तथा मतदान सम्पन्न भएपछि संयुक्त टोलीमार्फत मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports