रास्वपाको लोकप्रियता होइन, बालेनले निर्वाचन जिताएका हुन्
वि.सं.२०८२ चैत ५ बिहीवार ०९:५१
shares

काठमाडौ । गत फागुन २१ गते भएको प्रतिनिधिसभाको सदस्य पदको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फका १ सय ६५ सिटमध्येमा १ सय २० सिट जित हाँसिल गरेको छ भने समानुपातिकतर्फको १ सय १० सिट मध्येमा ५७ सिट जित हाँसिल गरेर प्रतिनिधिसभाको सदस्यमा जम्मा २ सय ७५ मध्येको १ सय ८२ सिटमा जित हाँसिल गरेको छ । सरकार निर्माणका लागि एकलौटी सरकार बनाउन १ सय ३८ सांसदको आवश्यकता हुन्छ भने दुई तिहाई ल्याउन १ सय ८४ सिटको आवश्यकता हुन्छ । रास्वपाले दुई तिहाई मत पु¥याउन मात्र २ सिट कम रहेको छ ।
सरकार एकलौटी गठन गर्न अहिलेको संविधान अनुसार कसैले पनि १ सय ३८ को संख्या पु¥याउन सक्ने अवस्था नरहेको उद्घोष संविधान विद् र राजनीतिक विश्लेषकहरुले निर्वाचन अघि बताउँदै आएका भएपनि उनीहरुको विश्लेषण अर्थविहिन भएको छ । सरकारको नेतृत्व गर्ने भन्दै निर्वाचन अघि नै रास्वपाले तत्कालिन काठमाडौ महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा प्रवेश गराएर भावि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको हुनाले नै रास्वपाले ठुलो संख्यामा सांसद सदस्य जितेको हो । बालेन साहको लोकप्रियतालाई रास्वपाले यस पटक राम्ररी भजाएको छ । जनताले निर्वाचनको बेला रास्वपाबाट को उम्मेदवार बनेका छन् भन्ने हेक्का समेत नराखी घण्टी चिन्ह बालेनको हो भनेर घण्टीलाई मतदान गरेका हुन्, रास्वपालाई होइन ।
काठमाडौको मेयर पदको उम्मेदवार हुँदा बालेनले लौरी चिन्ह लिएका थिए त्यसबेला पनि काठमाडौबासीले उम्मेदवार नै नचिनी लौरौ चिन्हमा मतदान गरेर बालेन साहलाई मेयर पदमा जिताएका थिए । अहिले पनि त्यस्तै भएको छ । फागुन २१ गतेको निर्वाचनमा देशभरका र विदेशमा बसेका व्यक्तिहरुले प्रत्यक्ष रुपमा बालेन साहलाई चिनेका सम्म थिएनन् तर विदेशमा बसेका नेपालीहरुले नेपालमा रहेका आफ्ना परिवारलाई समेत बालेनलाई मतदान गर्न आग्रह गरेका र आफ्ना बाबुआमा र परिवारलाई बालेनलाई मनदान गर्न दवाव दिएका थिए । जनताले रास्वपालाई चिनेर होइन, रास्वपाका कार्यकर्ताहरु नभएकाहरुले समेत बालेन साहको निर्वाचन चिन्ह घण्टी भएको हुनाले घण्टीलाई मतदान गर्दा रास्वपाले अहिलेको निर्वाचनमा बाजी मारेको हो ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीलगायतका काण्डमा मुछिएका हुनाले रविको नेतृत्वमा निर्वाचनमा जाँदा नराम्रोसँग पराजित हुन सक्ने सम्भावना देखेपछि सभापति लामिछाने र अन्य केही व्यक्तिहरुले बालेनलाई रास्वपाको वरिष्ठ नेता बनाउँदै रास्वपाको लागि बालेनलाई प्रयोग गरेको हुनाले निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन बालेन सहायक बने । त्यसको प्रत्यक्ष प्रमाण हो सम्बन्धित क्षेत्रका उम्मेदवारहरुलाई देख्दै नदेखि र चिन्दै नचिनीकन पनि घण्टीलाई मत हाल्नु ।
अबको केही दिनभित्रमा बालेन प्रधानमन्त्री बन्ने निश्चित रहेको छ । भाद्र २३ गतेका जेनजीहरुको विरोध प्रदर्शनमा बालेनको के भूमिका थियो ? भाद्र २३ गते अघि नै बालेनले सिंहदरवारमा आगो लगाईदिन्छु भन्ने स्टाटस लेखेका थिए । सिंहदरबारमा आगो लगाइयो सिंहदरबार सहित सर्बोच्च अदालत संसद भवन राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास, मन्त्री क्वाटर लगायत मुलुकभरकै सरकारी कार्यालय प्रहरीको कार्यालयमा आगजनी र तोडफोड भयो ।
के अब बालेन सरकारले ती घटनाको सत्य तथ्य छानविन गरि दोषी माथि कानुनी कारबाही गर्छ कि गर्दैन ? आफू नै संलग्न रहेका प्रमाणहरु फेला परेका उनी राजिनामा दिन तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न समेत अहिले उठेको छ । यस पटकको निर्वाचन रास्वपाले जितेको होइन बालेन साहको लोकप्रियताले जितेको हो भन्नेमा शंका छैन ।



































