सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कपिलवस्तुमा झडप, निषेधाज्ञा जारी

884
shares

कपिलवस्तुको महाराजगञ्जमा हिन्दु–मुस्लिम विवाद चर्कन नदिन निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म कुनै पनि किसिमका भेला, सभा, जुलुस तथा प्रदर्शनमा निषेध गरेको निमित्त प्रमुख जिल्ला अधिकारी भवेश्वर घिमिरेद्वारा जारी सूचनामा उल्लेख छ।

महाराजगञ्जको वडा नम्रब २ र ३ को सीमाक्षेत्रमा मुस्लिम समुदायको इद र हिन्दु समुदायको नवरात्र मनाउने क्रममा उत्पन्न विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। मुस्लिम समुदाय नमाज पढिरहेका र हिन्दु समुदाय दुर्गा माताको पूजा गरिरहेको अवस्थामा मन्दिरमा चर्को आवाजमा भजन बजाइएपछि आवाज घटाउने विषयमा विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुस्लिम पक्षका केही व्यक्तिले साउण्ड घटाइदिएपछि दुई पक्षबीच झडप भएको थियो। झडपमा प्रहरी, हिन्दु र मुस्लिम समूहका तर्फबाट एक बालकसहित दुई–दुई जना गरी ६ जना घाइते भएका छन्।

घटना नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports