पानी पार्ने प्रणाली आज बेलुकादेखी क्रमिक रूपमा कमजोर हुँदै जाने
वि.सं.२०८२ चैत ७ शनिवार १७:१२
shares

शुक्रबारदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बितेका २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबतासहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो जनाएको छ।
आज दिउँसो १:४० बजे मौसम महाशाखाले जारी गरेको सूचनाअनुसार हाल लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
मौसम महाशाखाले अगाडि भनेको छ, ‘यो प्रणाली क्रमश: पूर्वतिर सर्ने क्रममा छ र उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना छ।’



































