पूर्वराजा ज्ञानेन्द्र शाहको शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा पोख्त युवाहरूको सक्रियताले राष्ट्रलाई फलदायी बनाउने विश्वास
वि.सं.२०८२ चैत ३० सोमवार १७:५३
shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नता उत्साहको विषय भएको बताएका छन् । देश र समाजलाई प्रगति पथमा अघि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै उनले शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा पोख्त युवाहरूको सक्रियताले राष्ट्रलाई फलदायी बनाउने विश्वास व्यक्त गरेका हुन् ।
उनले विगत केही वर्षदेखि देश अपेक्षित विकासको साटो पछाडि धकेलिँदै गएकोमा चिन्ता प्रकट गर्दै राजनीतिक र प्रशासनिक प्रणालीमा गरिएका फेरबदलहरू केबल सतही मात्र सावित भएको टिप्पणी गरेका छन् । दलीय राजनीतिको खिचातानीले गर्दा राष्ट्रको श्रीवृद्धि ओझेलमा परेको र देश एउटा प्रयोगशाला जस्तो मात्र बनेको उनको भनाइ छ।पूर्वराजाले आफ्नो सन्देशमा देशको वर्तमान आर्थिक अवस्थालाई उकास्न र छिमेकी राष्ट्रहरूका साथै बाह्य मित्र शक्तिहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरेका छन् ।




































