महान्यायाधिवक्ता कँडेल विरूद्ध सर्वोच्च अदालतमा रिट दायर, बैशाख ३ गते सुनुवाइ
वि.सं.२०८३ वैशाख १ मंगलवार ०९:२८
shares

काठमाडौं । महान्यायाधीवक्ता डा. नारायणदत्त कँडेलको नियुक्ति विरुद्धको रिट सर्वोच्चमा दर्ता भएको छ । अधिवक्ता माधवकुमार बस्नेतले यसअघि सर्वोच्चले सोही विषयमा गरेको दरपीठ आदेश बदर गरी रिट निवेदन दर्ता गराएका थिए ।
रिटको पेशी ३ वैशाखको लागि तोकिएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराज पाण्डेले जानकारी दिए । यसअघि सर्वोच्चले गत २६ चैतमा कँडेलविरुद्धको रिट दरपीठ गरेको थियो ।
कँडेलमाथि लामो समयदेखि संयुक्त अधिराज्यमा रेष्टुराँलगायत व्यवसाय गरेर बसेको र गैरआवासीय नेपालको हैसियतमा विभिन्न क्रियाकलाप गरिरहेको र संविधानअनुसार आवश्यक एक तिहाइ पनि योग्यता नभएको दाबी रिटमा गरिएको छ ।
रिटमा संविधानले तोकेको योग्यता नभएको, स्वार्थ–द्वन्द्व रहेको र संवैधानिक नैतिकतासमेतको प्रश्न उठाइएको छ ।





































