तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले ओमानलाई ८१ रनले पराजित गर्यो

260
shares

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको हो। नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो।विनायक शुक्लाले ३६, हमाद मिर्जाले ३४, हस्नइन उल वाहवले २९, हस्नइन शाहले १४ तथा नदीम खानले १२ रन बनाए।

बलिङतर्फ नेपालका गुलशन झा एक्लैले पाँच विकेट लिए। यस्तै, दीपेन्द्र सिंह ऐरी, करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट लिए।त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन जोड्यो।आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको लक्ष्य २५० पार गरे। उनले २४ बलमा ४३ रन जोडे।

यस्तै, ओपनर आसिफ शेखले ९४ रनको सानदार पारी खेले। अर्जुन कुमालले ४८, दिपेन्द्र सिंह ऐरीले ३३, आरिफ शेखले गुलशन झाले १७ रन बनाउँदा विनोद भण्डारी र करण केसीले खाता समेत खोल्न सकेनन्। सन्दीप लामिछाने १ रनमा रनआउट हुन पुगे।कप्तान रोहित पौडेल ९ रन जोडेर आउट हुँदा नन्दन यादवले २ रनमात्रै जोडे।

बलिङतर्फ ओमानका नदीम खानले तीन तथा शकिल अहमद र हस्नइन शाहले दुई–दुई विकेट लिए भने जितेन रमानन्दी र आर्यान बिष्टले सफलता हात पारे।यसअघिको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports