आज बुधवारको मौसम : यी ५ प्रदेशमा वर्षाको सम्भावना
वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:५०
shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
यस्तै, बुधबार राति कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको केही स्थानहरूमा, मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





































