भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायबाट २० पदाधिकारी पदमुक्त
वि.सं.२०८३ वैशाख २२ मंगलवार १८:१२
shares

काठमाडौं । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ कार्यान्वयनमा ल्याएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायबाट २० पदाधिकारी पदमुक्त भएका छन् ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ परिषद्बाट सर्वाधिक १३ पदाधिकारी पदमुक्त भएका छन् ।जसमा अध्यक्ष प्रा. डा. पदमबहादुर शाही, उपाध्यक्ष इ.डा. विकास अधिकारीसमेत छन् । सडक बोर्ड नेपालका ४ सदस्य पदमुक्त भएका छन् । नेपाल रेल्वे बोर्डका रेल्वे प्रशासक बलराम मिश्रसहित ३ जना पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।




































