प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वविद्यालयमा पदाधिकारी नियक्ति गर्न सिफारिस समिति गठन गर्ने तयारी

1.25K
shares

काठमाडौं । सरकारले विश्वविद्यालयमा पदाधिकारी नियक्ति गर्न सिफारिस समिति गठन गर्ने तयारी गरेको छ ।

अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि सरकारले नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्री एवं कुलपति बालेन शाहले सिफारिस समिति गठन गर्ने तयारी गरेका छन् ।सबै विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्ययी सिफारिस समिति गठन गर्न लागिएको छ । सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहने छन् ।

‘सिफारिस समिति गठनको प्रक्रिया अगाडि बढेको छ । आज बेलुका वा भोलिसम्म पत्र तयार हुन्छ,’ मन्त्रालयका ती अधिकारीले भने । लामो समय पदाधिकारी विहीन हुँदा विश्वविद्यालयको काम कारबाहीमा असर पर्ने भएकाले छिटै पदाधिकारी नियुक्त गर्ने योजना सरकारको छ ।समितिले खुला आह्वान गरेर उपकुलपति छनोट गर्ने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय सेवा आयोग, काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोग, पूर्वाञ्चल विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोग, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सेवा आयोग, मध्यपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सेवा आयोगमा पदाधिकारी नियुक्ति गर्नुपर्ने छ ।

त्यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सेवा आयोग, राजर्षि जनक विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय, सेवा आयोगमा पनि पादाधिकारी नियुक्त गर्न शिक्षा मन्त्री पोखरेलको अध्यक्षतमा समिति बनाउन लागिएको हो ।सम्बन्धित विश्वविद्यालयको ऐन अनुसार सिफारिस समिति गठन गर्न लागिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports