linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्रीद्वारा तराईमा उत्पन्न तनाव अन्त्य गर्न आन्दोलनरत पक्षसँग वार्ता सुरु

299
shares

जनकपुर । तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन्।

गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनालगायत आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएका हुन्।साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो। सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो।

आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला तराई भ्रमणमा छन्। वार्ताका माध्यमबाट केही स्थानको माहोल क्रमिक रूपमा शान्तिपूर्ण बन्दै गएको छ।प्रशासनले केही जिल्लाबाट कर्फ्यू हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन। सरकारले वार्ता र संवादका माध्यमबाटै सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports