विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आज शुक्रवारको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

156
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २९ पैसा र बिक्रीदर २३ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ र बिक्रीदर ४०५ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ २० पैसा रहेको छ ।भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports