विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनकपुरबाट काठमाडौ पैदल यात्रामा हिडे मिटर ब्याजी पिडितहरू

156
shares

काठमाडौं । मिटरब्याज पीडितहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै जनकपुरदेखि काठमाडौँसम्म पैदल यात्रा सुरु गरेका छन् ।

बिहीबार जनकपुरमा फर्जी तमसुक लेखिएको पर्चा जलाउँदै मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाईमा मिटरब्याज पीडितहरुले काठमाडौँसम्मको पैदल मार्च सुरु गरेका हुन् । सरकारले आफुहरुसँग पटक पटक सहमति गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले न्याय माग्दै पैदलै काठमाडौँ आउन लागेको बताएका छन् ।

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ । उनीहरुले फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी कानून बनाउनुपर्ने, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्नुपर्ने लगाएतका माग राखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports