विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोरक्कोलाई पराजित गर्दै फ्रान्स लगातार तोस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश

208
shares

काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रोपटक सेमिफाइनलमा स्थान बनाएको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलमा फ्रान्सले खेलको सुरुवातदेखि नै आक्रामक खेल्यो । पाँचौं मिनेटमा मोरोक्कोका गोलकिपर यासिन बोनुले दायोत उपामेकानोको हेडरलाई बचाउ गरे । त्यसको केही समयपछि बक्सभित्र नुसाइर मज्राउईले कप्तान किलियन एमबाप्पेलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पायो । एमबाप्पेको पेनाल्टीलाई गोलकिपर बोनुले उत्कृष्ट बचाउ गरे र पहिलो हाफसम्म खेल ०–० नै रहेको थियो ।

फ्रान्सले दोस्रो हाफमा पनि दबाब कायम राख्यो । ६० औं मिनेटमा एमबाप्पेले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै टोलीलाई १–० को अग्रता दिलाए । यो विश्वकपमा एमबाप्पेको आठौं गोल हो ।एमबाप्पेको गोलको ६ मिनेटपछि फ्रान्सले दोस्रो गोल गर्‍यो । एमबाप्पेको पासमार्फत ओसमान डेम्बेलेले गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

यस जितसँगै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा फ्रान्सले बेल्जियम र स्पेनबीचको क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने सन् २०२२ मा उपविजेता बनेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports