प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा कांग्रेसका महेश थपलिया निर्वाचित

598
shares

संखुवासभा ।संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया निर्वाचित भएका छन् ।

सत्तारूढ गठबन्धनको साझा उम्मेदवार रहेका थपलियाले ८ हजार ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याएका छन् । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका उपप्रमुख भएका थिए ।

उपप्रमखमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । उपप्रमुख बज्राचार्यले ६ हजार ३८५ मत ल्याएर विजयी भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिब्यराज बरालले ५ हजार १४७ मत ल्याएका छन् ।

खाँदबारीमा वडा नम्बर १,७,८,११ काँग्रेसले जितेको छ । वडा २,३,४,५,९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports