नेकपा एस सरकारमा छ, उस्कै भातृ सगठनले प्रधानमन्त्रीको राजीनामा मागेका छन, यो अर्को नौटंकी
वि.सं.२०७९ असार ७ मंगलवार १७:५२
shares

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोध गरेको छ ।
अध्यक्ष सुदेश पराजुली नेतृत्वको अखिलका विद्यार्थीले शंकरदेव क्याम्पस अगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्ला समेत जलाएका छन् । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा सामान्य झडप समेत भएको छ ।
प्रदर्शनको क्रममा ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’, ‘शेरे तेरो पाराले दु:ख पायो साराले’ जस्ता नारा लगाएका छन् ।






































