विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री परिवर्तन गर्ने निर्णय फिर्ता हुदैन : नेता खनाल

572
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादी (एस)का वरिष्ठ नेता झलनाथ खनालले मन्त्री फिर्ता बोलाउने पार्टी निर्णयमा पुनर्विचार नहुने बताएका छन् । पार्टीको निर्णय सबैले मान्नु पर्ने उनले बताए ।

शुक्रवार बसेको पार्टी पोलिटव्युरो बैठकपछि कुरा गर्दै खनालले पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयन नहुनु दुखद भएको बताएका हुन् । ‘पार्टीको सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले अनुमोदन गरेको छ । फेरि केन्द्रीय कमिटीमा यसरी कुरा उठ्नु सहज कुरा होइन,’ खनालले भने, ‘पार्टी निर्णय नमान्नेलाई पार्टीले आवश्यक कारबाही गर्छ । पुनर्विचार गर्दैनौँ ।’

मन्त्री फिर्ता बोलाउने निर्णय सम्बन्धमा पोलिटव्युरो बैठकमा कुरा नउठेको र केन्द्रीय कमिटीले यो निर्णयमा तल माथि नगर्ने उनले बताए । एसका उपाध्यक्ष समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने शनिवार बेलुका सम्म पूराना मन्त्री घर फर्किने दावी गरेका छन् । स्वास्थ्य मन्त्री समेत रहेका नेकपा एसका नेता विरोध खतिवडाले मन्त्री पद छाड्न तयार रहेको प्रतिक्रिया जनाएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports