विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री नहटाए गठबन्धन छोडने माधव नेपालको चेतावनी

624
shares

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) ले आफूले फिर्ता बोलाएका मन्त्रीहरुलाई हटाएर सिफारिस गरिएकाहरुलाई मन्त्री नबनाए गठबन्धन छोड्ने चेतावनी दिएको छ । शुक्रबार भएको पार्टीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले यस्तो बताएका हुन् ।

नेकपा एसले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउन गरेको निर्णय एक महिना हुन लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन गरेका छैनन् । निर्णय कार्यान्वयन नगरिए गठबन्धनमा रहनुको औचित्य नभएको बताए । उनले आफूहरुलाई अपमान गरिएको भन्दै मन्त्रीहरुले पनि निर्णय मान्नुपर्ने जिकिर गरेका थिए ।

यसै विषयमा बैठकमा आज चर्काचर्की समेत भएको छ । अध्यक्ष नेपालले मन्त्रीहरुलाई निर्णय मान्न भनेपछि उनीहरुले अस्वीकार गरेका थिए । मन्त्रीहरुले टार्न खोजेको आरोप लगाएपछि नेपाल माथि सांसदहरु खनिएका थिए । बैठकमा नकेपा एसका संसदीय नेता परिवर्तनको चुनौती आएको बताइएको छ । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन गर्न दवाव दिँदै आएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports