विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचकमा ७.७२ अंकको गिरावट

689
shares

काठमाडौ ।आइतबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से ७.७२ अंक (०.३७ प्रतिशत) ले गिरावट हुँदा २०६०.५५ अंकमा बन्द भएको हो । बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन, निर्जीवन बीमा र उत्पादनमूलक उपसूचक पनि बढेको छ । त्यस बाहेकका सबै उपसूचकमा गिरावट भएको छ ।

आइतबार दिनभर नेप्सेमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको १२ करोड २८ लाख ५१ हजारको कारोबार हुँदा अपी पावरको १० करोड २ लाख २६ हजारको कारोबार भएको छ ।दिनभर बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १३२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

आइतबार कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै एनएमबि ५० म्युचुअल फण्डको इकाइमूल्य ४ प्रतिशतले बढेको छ । यता रिभर फल्स पावरको सेयरमूल्य ५.१९ प्रतिशतले गिरावट हुँदा हिमालयन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले गिरावट भएको छ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports